आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मानवीय गुण जालझेल गर्ने होइन : प्रधानमन्त्री ओली

शुक्रबार, १४ मङ्सिर २०८१, १७ : ०६
शुक्रबार, १४ मङ्सिर २०८१

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले  मानवीय  गुण भनेको जालझेल गर्ने नभएको बताएका छन् । आज लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा  तेस्रो दीक्षान्त समारोहमा  कुलपतिको हैसियतमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  

उनले बुद्धको सार तत्त्व सही विचार र सही मार्गमा अगाडि बढ्ने  भएको उल्लेख गर्दे नराम्रो नचिताऊ, नराम्रो मार्गमा नहिँड् भन्ने रहेको बताए। 

विद्यार्थीहरूले बुद्धका प्रवचनहरू आफ्नो जीवनमा अपनाउँदै अन्यत्र फैलाउने काम  गर्नुपर्ने समेत उनले बताए  प्रधानमन्त्री ओलीले पछिल्लो समय मान्छेले जानी जानी नराम्रो काम गर्ने गरेको समेत बताए । 

उनले स्थानीय जनताको सहयोगमा  लुम्बिनी विश्वविद्यालय अगाडि आउन सफल भएको बताए । उनले बुद्धको यस ठाउँमा ध्यान र प्रवचण हुनुपर्ने कुरामा जोड दिए ।  त्यसैले लुम्बिनीमा ५ हजार जनाले ध्यान गर्न सक्ने क्षमताको सभाहल आफ्नो पालामा निर्माण गरेको उनले सुनाए ।

सो अवसरमा  भिक्षुणी धम्मावती गणेशकुमारी शाक्यलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो ।  कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले लुम्बिनी विश्वविद्यालयको माध्यमबाट अन्तर्राष्ट्रिय जनताहरूमा समेत बुद्ध शिक्षा फैलाउनुपर्नेमा  जोड दिइन्  । यो विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै स्थानीय, प्रदेश, केन्द्रदेखि अन्तर्राष्ट्रिय आवश्यकतामा निर्माण गर्नुपर्ने उनले बताइन् ।

दीक्षान्त समारोह विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित भएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?