काठमाडौँका खुला व्यायामशालामा स्थानीयको आकर्षण (फोटोफिचर)
काठमाडौँ । स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरूको सङ्ख्या उल्लेख्य छ ।
कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुला व्यायामस्थलहरु समेत बनाइएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ ।
जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आम नागरिकको आकर्षण बढेको हो । फोटो : न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति