चीनका लागि नेपाल राजदूत ओलीले बुझाए राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र
बिहीबार, २७ मङ्सिर २०८१, २० : २२
काठमाडौँ । चीनका लागि नेपाल राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आयोजित एक समारोहबिच राजदूत ओलीले आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपति सीसमक्ष बुझाएका हुन् ।
नेपाली राजदूत ओलीसँगै विभिन्न २९ मुलुकका राजदूतहरूले सामूहिक रूपमा चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
समारोहमा चिनियाँ राष्ट्रपति सीले राजदूतहरूलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।
समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको पोलिट्बयुरो सदस्य वाङ यीलगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर
-
बिहीबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने