तीन कविता
आइतबार, २८ पुस २०८१, १० : ४०

१) थैली
प्रिया
मलाई थैली बनाउन खोज्यो नभन ।
बजारका
ठुल्ठुला झोलालाई
पटुकीमा जतनले राख्न मिल्दैन ।
२) हजार अर्थ
खोला किनारको
टिमिलाको रूखलाई
एक थोपा पानीको के अर्थ ?
जहाँ भेलको
कुनै एक सानो ढुङ्गाले
ठक्कर दिँदा पनि
निस्किन्छन् हजार अर्थ ।
३) खोजी
तिमीले
हरेक कुरा
खोतल्छौ नभन्नु ।
किनकि
सूर्यको संसारमा,
चन्द्रमाको प्रकाश खोज्नुपर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन