तीन कविता
आइतबार, २८ पुस २०८१, १० : ४०
१) थैली
प्रिया
मलाई थैली बनाउन खोज्यो नभन ।
बजारका
ठुल्ठुला झोलालाई
पटुकीमा जतनले राख्न मिल्दैन ।
२) हजार अर्थ
खोला किनारको
टिमिलाको रूखलाई
एक थोपा पानीको के अर्थ ?
जहाँ भेलको
कुनै एक सानो ढुङ्गाले
ठक्कर दिँदा पनि
निस्किन्छन् हजार अर्थ ।
३) खोजी
तिमीले
हरेक कुरा
खोतल्छौ नभन्नु ।
किनकि
सूर्यको संसारमा,
चन्द्रमाको प्रकाश खोज्नुपर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण