द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
काठमाडौँ । भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सो परियोजना हस्तान्तरण गरेका हुन् । त्यसैगरी, उनीहरूले आजै भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिङ्केज) संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।
त्यस्तै, दुवै मन्त्रीको समुपस्थितिमा आजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबिच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ।
आजै परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको थियो । त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण