कालीमाटी फलफूल तथा तरकारी बजारले माग्यो करारमा कर्मचारी
सोमबार, २९ पुस २०८१, ०७ : ५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग गरेको छ । समितिको दैनिक कार्य सञ्चालनका लागि जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएको भन्दै सोमबार सूचना प्रकाशित गरिएको हो ।
समितिले तह ६ का लागि २१ वर्ष र तह ४ तथा तहविहीन कर्मचारीको पदका लागि १८ वर्ष उमेर पूरा भएको, पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त हुने सजाय नपाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको हुनुपर्ने बताएको छ योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस समितिको कार्यालयमा कार्यालय समयभित्र आवेदन पेस गर्न भनिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण