कालीमाटी फलफूल तथा तरकारी बजारले माग्यो करारमा कर्मचारी
सोमबार, २९ पुस २०८१, ०७ : ५५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग गरेको छ । समितिको दैनिक कार्य सञ्चालनका लागि जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएको भन्दै सोमबार सूचना प्रकाशित गरिएको हो ।
समितिले तह ६ का लागि २१ वर्ष र तह ४ तथा तहविहीन कर्मचारीको पदका लागि १८ वर्ष उमेर पूरा भएको, पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त हुने सजाय नपाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको हुनुपर्ने बताएको छ योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस समितिको कार्यालयमा कार्यालय समयभित्र आवेदन पेस गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?