प्रचण्डलाई गोकुलको प्रश्न : सत्ता खुस्केको झोँक सिस्टममाथि पोख्न मिल्छ ?
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले बडेमान नेताले सत्ता खुस्केको झोँक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
‘कमरेड सुप्रिमोले सरकार मात्र नभई सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिनँ भ्याएछन् । बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शङ्काको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?’, बाँस्कोटाले लेखेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले बिहीबार चितवनमा भएको एक कार्यक्रममा ‘सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने’ बताएका थिए ।
‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ । त्यसकारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ’, प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण