माैसम पूर्वानुमान
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला ?
शनिबार, १२ माघ २०८१, ०६ : ०५

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।
मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थलमा पुगे
-
ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भयो : श्रेष्ठ
-
आईपीओ रोक्न समितिले पत्र पठाएकोमा सांसदहरूको आपत्ति
-
सभामुखले सांसदलाई बोल्न नदिएको भन्दै सुदन किरातीले उठाए प्रश्न
-
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
-
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज