पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
बिहान पौने ६ बजेको काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ । काठमाडौँ उपत्यकामा बिहान केही बदली भए पनि दिउँसो सामान्यतया मौसम सफा रहनेछ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण