नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
भारत । कसैले आफ्नो नामको नक्कली एक्स (ट्वीटर) अकाउन्ट बनाएको भन्दै भारतीय गायक सोनु निगमले आफ्नो ज्यान जोखिममा रहेको बताएका छन् ।
फ्यानहरूलाई पहिल्यै एक्स अर्थात् ट्वीटर चलाउन छाडिसकेको जानकारी दिएका उनले आफ्नो फेक अकाउन्ट भेटिएको र त्यहाँ देखिएका पोस्टप्रति चिन्ता जनाएका हुन् ।
उनको नाम गरिएको अकाउन्टलाई धेरै फ्यानहरूले उनकै वास्तविक ह्यान्डल भएको भन्दै औंला उठाइरहेका छन् ।
सोनू निगम सिंह नाम गरेको एउटा अकाउन्टबाट जया बच्चनलाई ट्वीट गरेको, राष्ट्रपति द्रौपदी मुर्मुसँगको फोटो पोस्ट भएको देखिएपछि गायक निगम प्रतिक्रिया दिन बाध्य भएका हुन् ।
सोनु निगमले आफ्नो इन्स्टाग्राम पोस्टमा यसबारे स्पष्टीकरण दिँदै लेखेका छन्, ‘म ट्वीटर वा एक्समा छैन । सोनु निगम सिंहको एउटा विवादास्पद पोस्टले पनि मेरो र मेरो परिवारको ज्यान जोखिममा पार्न सक्छ ।'
उक्त मान्छेले विश्वसनीयतासँग खेलबाड गरिरहेकाले यसमा आफ्नो कुनै दोष नभएको उनले स्पष्टीकरण दिएका छन् । यसबारे प्रेस, प्रशासन, सरकार, कानुन, जानकार सबै मौन बसेका भन्दै उनले गुनासो पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण