मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु
छत्तिसगढ । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला छत्तिसगढको घना जङ्गलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुई जना भारतीय कमान्डो मारिएका छन् ।
सीमान्तकृत आदिवासी जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूद्वारा चलाइएको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिस मारिएका छन् । ‘३१ विद्रोही र दुई सुरक्षाकर्मी मारिएका छन् र अन्य दुई सुरक्षाकर्मी घाइते भएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पी.ले भने ।
प्रहरीले क्षेत्रमा खोजी अभियान जारी राखेकोले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अधिकारीले बताए । ‘घटनास्थलमा अतिरिक्त बल पठाइएको छ,’ उनले भने । प्रहरीको विज्ञप्तिअनुसार घटनास्थलबाट स्वचालित हतियार र ग्रेनेड लन्चर बरामद गरिएको छ ।
विद्रोहको मुटु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली क्षेत्रमा मुठभेड भएको थियो । ‘नक्सलवादी (माओवादी) मुक्त भारत हासिल गर्ने दिशामा यो ठूलो सफलता हो,’ भारतका गृहमन्त्री अमित शाहले भने । उहाँले गत वर्ष सरकारले सन् २०२६ सम्ममा विद्रोह दबाउने अपेक्षा गरिएको बताए ।
सरकारी तथ्याङ्कअनुसार सुरक्षा बलको कारबाहीमा गत वर्ष २८७ विद्रोही मारिएका छन् । तीसमध्ये अधिकांश छत्तीसगढमा मारिएका थिए ।
माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।
उनीहरू भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे । सन् २००० दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्यामा वृद्धि गर्यो ।
त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो ।
यस द्वन्द्वमा सरकारी बलहरूमाथि धेरै घातक आक्रमणहरू पनि भएका छन् । गत महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिक मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण