मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल अगाडी विरोध प्रदर्शन भएको छ । पशु अधिकारकर्मीहरू, संरक्षणकर्मीहरू लगायत चितवन राष्ट्रिय निकुञ्जमा माघ २३ गते जङ्गली हात्ती (मकुना) को मृत्यु घटनाको विरोध गरेका हुन् ।
पशु कल्याण सङ्घ नेपालको नेतृत्वमा विभिन्न पशु अधिकारकर्मीले मकुनाको मृत्युको छानबिन हुनु पर्ने, अन्य जङ्गल जनावर संरक्षणमा आरक्षण क्षेत्रका अधिकारी सचेत हुनु पर्ने लगायत माग राख्दै विरोध गरेका हुन् । पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेह श्रेष्ठका अनुसार आत्मरक्षा गर्ने भन्दै संरक्षित जनावर मर्ने नजिर बन्न नदिनका लागि ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा छानबिन समिति गठन गरेको छ । सो समितिले औपचारिक रूपमा काम गरिरहेको छ । तर सो समितिमा स्वतन्त्र क्षेत्रका कोही पनि नराखिएको पशु कल्याण सङ्घ नेपालले गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर