राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
काठमाडौँ । माथिको तस्बिर हेर्नुभयो ? प्रस्तुत तस्बिरमा केही राजावादी नेताहरूको अगाडि निकै महत्त्व दिएर नेमप्लेट राखिएको छ । जुन नेमप्लेटमा नेता जनाउने गरी राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस बीपी, विश्व हिन्दु महासङ्घ र संयुक्त जनआन्दोलन समिति लेखिएको देखिन्छ ।
यो तस्बिर वर्तमान व्यवस्था विरोधी राजावादीहरूको समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आइतबार बसेको बैठकको हो ।
संयोजक नवराज सुवेदीको अध्यक्षतामा संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, सङ्घसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठक राजधानीमा बसेको थियो ।
उक्त बैठकमा ३५ भन्दा बढी राजावादी सङ्घ सङ्गठनका प्रतिनिधिको सहभागिता रहेकामा केही नेताहरूलाई मात्रै महत्त्व दिएर नेमप्लेट लगाइएको भनेर सहभागी केही राजावादीले नै असन्तुष्टि पोखेका छन् ।
विशेष गरी राजावादीको समूहमध्ये दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का प्रतिनिधिले बैठकको सुरुमै धेरै गुनासो पोखेका थिए । प्रसाईं हाल तीनकुने घटनामा हिंसा भड्काएको आरोपमा जिल्ला प्रहरी परिसरको हिरासतमा रहेपछि उनका दुई जना प्रतिनिधि बैठकमा सहभागी भएको समिति स्रोतले बताएको छ ।
आन्दोलनमा केही भीड ल्याउन सक्ने हैसियत भएको प्रसाईंको समूहलाई बैठकमा महत्त्व नदिएको र नेमप्लेट समेत नराखी अपमान गर्ने काम भएको गुनासो प्रसाईंको प्रतिनिधिको रहेको समितिका ती नेताको भनाइ छ । यस्तै अन्य सहभागीले समेत काखा र पाखा गर्ने काम भएको भन्दै असन्तुष्टि पोखेको उनले बताए ।
उसो त पछिल्लो समय राजावादीहरूको प्राथमिकतामा दुर्गा प्रसाईं परेको देखिँदैन । मेडिकल व्यवसायी समेत रहेका उनलाई राप्रपा नेपालको आयोजनामा केही दिन पहिले राजधानीमा भएको कार्यक्रममा समेत नेताहरूले सम्बोधनका क्रममा खासै वास्ता गरेका थिएनन् ।
सोही असन्तुष्टि सुनिएपछि बैठकले सुवेदीले सबैलाई खुसी पार्ने प्रयास गरे । उनले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा आज उपस्थित सबै दल, सङ्घसंस्था र अभियन्ताहरू समावेश गरिएको बताए । नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरू समितिमा थप गरिने उनको भनाइ थियो ।
सोही बैठकले जेठ १५ देखिको आन्दोलनको तयारीलाई तीव्रता दिने गरी विभिन्न निर्णय गरेको बैठकपछि सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण