पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् ।
सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रूपमा विकास गर्न सक्षम भएको जिकिर गरे । उनले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताए । विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ ।
उनले पर्यटकले गर्ने खर्च र बसाइ अवधि लम्ब्याउन ठुला पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताए ।
अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारमा सरकारले उचित नीतिको वातावरण बनाए निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठुलो लगानी गरी आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्ने बताए ।
उनले पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्ने बताए । सरकारले लगानी गर्न लगानीकर्तालाई आह्वान गर्ने गरेको तर उपयुक्त वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रलाई साझेदारीको रूपमा स्वीकार गरेर व्यावहारिक नीतिमार्फत सहजीकरण गर्नुपर्ने बताए ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपले हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण