इन्दु शंकर चिनी उद्योगद्वारा किसानलाई १ अर्ब २२ करोड भुक्तानी
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई भुक्तानी गरेको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।
उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालका अनुसार उद्योगले किसानहरूलाई उखु बिक्री गरेपछि एक हप्ताभित्रै भुक्तानी दिँदै आएको छ। हालसम्म किसानहरूलाई कुल रु १ अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरिसकिएको छ।
उखु प्रवन्धक योग नारायण रजकका अनुसार उद्योगले यस वर्ष अघिल्लो वर्षको तुलनामा ६ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। साथै, उन्नत जातको उखु बीउ वितरण, माटो परीक्षण, आधुनिक कृषि उपकरण हस्तान्तरण, उत्पादन प्रविधिको प्रशिक्षण, र स्थलगत अवलोकनमार्फत किसानहरूलाई थप सक्षम बनाउने योजनासमेत अघि बढाइएको छ।
सरकारले किसानलाई रु ७० प्रति क्विन्टल अनुदान दिने निर्णय गरेको छ भने उद्योगले रु ५८५ थपेर कुल रु ६५५ प्रति क्विन्टल भुक्तानी गरिरहेको छ। देशभरका चिनी उद्योगहरूमध्ये समयमै भुक्तानी गर्ने उद्योगका रूपमा इन्दु शंकर चिनी उद्योगले करिब १२ हजार किसानहरूसँग उखु खरिद गर्दै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण