वनस्थलीमा रास्वपाको राजनीतिक प्रशिक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसार राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा शुक्रवार भएको हो ।
प्रशिक्षणमा केन्द्रीय समिति सदस्यहरू सहभागी रहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन् ।
प्रशिक्षण कार्यक्रम शनिवारसम्म चल्दैछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पारेका छन् भने उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताएका छन् ।
केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला–पालिका सम्म प्राथमिकतामा प्रशिक्षण गर्ने तालिका रहेको समेत उपसभापति डा.वाग्लेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण