गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताएका छन् ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरे ।
उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गरे ।
उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आपूmहरु तयार रहेको बताए । उनले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । उनले गल्ती भएका कुराहरुमा आपूmहरु सुध्रिन तयार रहेकोसमेत दाबी गरे ।
उनले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एक भएर अघि बढ्ने समय आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण