वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका- ३ बस्ने काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौँ महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ घर भएका ५८ वर्षीय सिरबहादुर बराल र काठमाडौँ तार्केश्वर नगरपालिका– ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।
पक्राउमध्ये सम्पूर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रुपैयाँ, सुजनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ, सिरबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ र सरस्वतीले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पूर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट मङ्गलवार, सुजनलाई काठमाडौँ महानगरपालिका–३१ बाट बुधवार तथा सिरबहादुर र सरस्वतीलाई काठमाडौँ महानगरपालिका–१२ बाट बुधवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाबाट जलेश्वर जलमग्न
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण