शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह

बिहीबार, १८ वैशाख २०८२, १७ : ५१
बिहीबार, १८ वैशाख २०८२

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरूलाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहिबार निरीक्षणका क्रममा रुग्ण आयोजनाहरूको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरी रहेको बताए। 

आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने भन्दै मन्त्री दाहालले निर्धारित समयमा पूरा नभएका आयोजनाहरूका बारेमा मन्त्रालयले समिति नै बनाएर अध्ययन गरेको बताए । 

निर्माण व्यवसायीहरूलाई सक्ने जति मात्र आयोजनाहरू जिम्मा लिन आग्रह गर्दै उनले आयोजनाहरूको नियमित र प्रभावकारी नियमन गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । 

मन्त्री दाहाले ती पुलहरू सहित झापामा जारी विभिन्न आयोजनाहरूको निरीक्षण एवम् अनुगमन गरेका हुन्। झापा र मोरङ जोड्ने रतुवा खोलाको पुल हालै निर्माण पूरा भएको हो । यस्तै कन्काई खोलामा निर्माणाधीन पुल केहि समय निर्माण अवरुद्ध भई पुनर्निर्माण सुरु भएको हो । 

सो पुलमा हाल स्ल्याव ढलान गरिएको छ । उक्त ढलानमा केहि समय पछि भारबहन क्षमता जाँच गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप