शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबिच भेटघाट हुँदै

बिहीबार, १८ वैशाख २०८२, १७ : ५२
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताको भेटघाट हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटघाट हुने भएको हो ।

भेटघाटका लागि प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि पुग्दैछन् ।  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप