रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
सिराहा । अलग–अलग घटनामा मारिएका रिंकुकुमारी सदा र प्रकृति लम्सालका लागि न्याय माग गर्दै सिराहाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शुक्रवार सिराहाको नवराजपुर १ भगवतीकी रिंकुकुमारी सदा र प्रकृति लम्साल मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घ सिराहाले गोलबजारमा प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभा गरेका थिए । कोणसभामा घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
गत माघ ३० गते सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकुकुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनलाई स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ । घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन् । त्यसलगत्तै उनी मृत फेला परेकी थिइन् ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । सुसाइड नोटमा उनले ब्रेकअप पछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख छ । लम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण