युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
काठमाडौँ । नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखररचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलले आज विमोचन गर्नुभएको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो ।
खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका छन् ।
कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण