एफवान सफ्ट २१ वर्षमा प्रवेश
काठमाडौँ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट २१ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले पुल्चोक स्थित द प्लाजामा एक कार्यक्रमको आयोजना गरेको छ।
एफवान सफ्टले भुक्तानीका लागि लाइनमा बस्नु पर्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको थियो ।
यस नवीनतम सेवाले हाल सर्वसाधारणको लागि वित्तीय सेवाहरू डिजिटल रूपमा पहुँच योग्य बनाएको छ। यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै प्रयोगकर्ताहरूको वित्तीय कारोबार सहज बनाउनुको साथै जीवनस्तरमा समेत सुधार ल्याएको कम्पनीको भनाइ छ ।
एफवान सफ्टको सहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ। यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ।
एफवान सफ्टको डिजिटल सेवाले नेपाली जनतालाई सहज वित्तीय पहुँच प्रदान गर्दै वित्तीय समावेशीकरणमा योगदान पुर्याएको कम्पनीको भनाइ छ । जसले गर्दा समाजमा वित्तीय समावेशीकरणको प्रक्रियालाई तीव्र बनाएको छ ।
साथै कम्पनीले १५०० भन्दा बढी युवाहरुलाई रोजगारी समेत प्रदान गरेको छ ।
एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले यस अवसरमा एफवान सफ्टले २१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताए । उनले आगामी दिनमा नेपालको वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गरेर नयाँ प्रविधिमा आधारित रणनीतिहरू अपनाउने योजना रहेको समेत बताए ।
यसैबीच आजै ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ अध्यक्षको रुपमा आवद्ध रहने गरी सिद्धान्त ठकुरीलाई नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण