डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
शुक्रबार, ०१ चैत २०८१, १३ : ०३
उदयपुर । डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर र्याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताए। जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ ।
जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ । औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण