आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)

शुक्रबार, २९ चैत २०८१, २२ : ३४
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा विधिवत् रूपमा मूर्ति पुनः स्थापना गरिएको हो।

Seto machindranath_Nepal photo library1

नेवार समुदायको गहिरो आस्थासँग जोडिएको यो पुनः स्थापना धार्मिक मात्र नभई सांस्कृतिक दृष्टिले समेत ऐतिहासिक क्षण भएको जनाइएको छ।  पुरातात्त्विक महत्त्व बोकेको यो मन्दिर २०७२ को भूकम्पमा गम्भीर क्षति पुगेपछि यसको पुनर्निर्माण सुरु गरिएको थियो।

संरचनागत सुरक्षा सुनिश्चित गर्दै सम्पदाको मौलिकता जोगाउने गरी मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको हो। तस्बिर : नेपाल फोटो लाइब्रेरी

Seto machindranath_Nepal photo library3Seto machindranath_Nepal photo library4Seto machindranath_Nepal photo library5Seto machindranath_Nepal photo library6Seto machindranath_Nepal photo library7Seto machindranath_Nepal photo library8Seto machindranath_Nepal photo library9Seto machindranath_Nepal photo library10Seto machindranath_Nepal photo library11Seto machindranath_Nepal photo library12Seto machindranath_Nepal photo library13Seto machindranath_Nepal photo library14Seto machindranath_Nepal photo library15Seto machindranath_Nepal photo library16Seto machindranath_Nepal photo library17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप