सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !

काठमाडौँ । विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी छन् ।
उनको सचिवालयबाट सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ’त्यो पर्दैन’, हैन त ?’ ।
सोमबार भट्टराईले शिक्षामन्त्री पदबाट प्रधानमन्त्री समक्ष राजीनामा दिएकी दिइन् ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।
यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकी थिइन्।
प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारको लगानी सुरक्षित गर्ने बताएका थिए ।
शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्।