हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

धरान । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङको अगुवाइमा आक्रमणमा परेका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बूले मेयर साम्पाङसहित तीन जनाविरुद्ध उजुरी दिएका हुन् ।
धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बूले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिएका हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेकोमा मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।
विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए । उनी सोमबार नआई मङ्गलवार निर्माणस्थल पुगेका थिए । विवाद मिलाउनुको साटो उनले उल्टै विवाद निकालेको पीडित लिम्बूले बताउँदै आएका छन् । ‘मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोजेको हुँ’ लिम्बूले भने ।
प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ ? भन्दै आक्रोश देखाएपछि उनका समर्थक चङ्खे भन्ने जोन लिम्बूले उनीमाथि आक्रमण गरेका हुन् । साम्पाङले आफ्ना समर्थक लिम्बूमाथि जाइलाग्दा मौन बसेका थिए ।
धरान–११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् । लिम्बूकै पहलमा वडामा सो बजेट गएको थियो । ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते