खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
बिहीबार, ११ वैशाख २०८२, १५ : १६
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १५ औँ संस्करण सन् २०२६ सम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो । प्रतियोगिता यसै वर्ष आयोजना हुनुपर्ने थियो ।
साफ च्याम्पियनसिप दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हो । महासङ्घका अनुसार, खेलस्थल र प्रायोजन सम्बन्धी विवादका कारण प्रतियोगिता स्थगित गर्ने निर्णय लिइएको हो । महासङ्घले साफ च्याम्पियनसिपको आगामी संस्करण ‘होम एन्ड अवे’ का आधारमा सञ्चालन गरिने जनाएको थियो ।
महासङ्घले त्यसका लागि तयारीसमेत अगाडि बढाइसकेको थियो । तर, अन्तिम समयमा आएर प्राविधिक कारणले प्रतियोगिता स्थगित गर्नु परेको महासङ्घले जनाएको छ । प्रतियोगितामा दक्षिण अफ्रिकाका सातवटै राष्ट्रको सहभागिता रहने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण