एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
शुक्रबार, १२ वैशाख २०८२, ०७ : ४५
काठमाडौं । आम जनता पार्टी (आजपा)की नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरेको टिप्पणी गरेकी छन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन् ।
‘असफल भईसकेको सरकार जनताको समस्या, माग, आवश्यक्ताको बारेमा बेखबर छ । कुनै चासो नै छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडकबाट तमासा गर्दै हिँडेका छन् । यसरी देश र जनताको चाहना, आवश्यक्ता पुरा हुदैन्,’ उनले भनिन् ।
देशकै नेतृत्व गरेको एमालेको सडक प्रदर्शन कसका बिरुद्धमा हो भन्दै उनले प्रश्न समेत गरिन् । एमालेले बिहीबार भृकुटीमण्डपमा युवा सेलिब्रेसन भन्दै प्रदर्शन गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण