‘झिल्को’ रिलिज, कति छ शो ?
काठमाडौँ । आज शुक्रबार नयाँ नेपाली फिल्म ‘झिल्को’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले एकल प्रदर्शन अवसर पाएको छ ।
डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक प्रतिष्ठामा पार्ने असर फिल्मले समेटेको छ । वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, फिल्मले आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ ।
फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ ।
यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म मिडिया फर कल्चर प्रा.लिको ब्यानरमा निर्माण भएको हो ।
फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्य रहेको छ । उमेश पौडेल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । फिल्म निर्माणमा जनता टिभीको समेत सहकार्य छ ।
बिहीबार प्रिमियर
फिल्मको बिहीबार साँझ प्रिमियर गरिएको थियो । बानेस्वरस्थित आइएनआई सिनेमामा गरिएका प्रिमिएरमा उपसभामुख इन्दिरा राना मगर, चलचित्रकर्मी तथा रंगपत्रकारको बाक्ला उपस्थिति थियो ।
_QX7t5dc92j.jpg)
फिल्म हेरेपछि उपसभामुख मगरले विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिले हेर्नुपर्ने बताइन् । ‘हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने फिल्म हो यो’, उपसभामुख मगरले भनिन् ‘गाउँपालिका, नगरपालिका विशेष जोड दिनुपर्छ ।’
‘झिल्को’ले उठाएका बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुले आफ्नो मन छोएको प्रिमिएरमा उपस्थित धेरैको धारणा थियो ।
_rHimtPINdR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण