सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’

आइतबार, २१ वैशाख २०८२, २२ : २२
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) को बढ्दो प्रयोगसँगै यसले पार्ने प्रभावका विषयमा चिन्ता र चासोको विषय बन्दै गएको छ । विश्वभर यसको प्रभाव बढेसँगै सञ्चारमाध्यममा यसले असर पु¥याउन सक्नेतर्फ चासो व्यक्त हुन थालेको हो ।

सञ्चारमाध्यमको न्युज रुममा नै एआईको प्रयोग बढ्दै गएको छ । पत्रकारले गर्ने काम एआईले गर्न थालेका छन् । जसले गर्दा सबैतिर चासो र चिन्ता बढेको हो । तर, यो क्षेत्रका जानकारी तथा विज्ञहरूले एआईको प्रयोगले न्युज रूपमा असर नभई झन् राम्रो गर्ने दाबी गरेका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर युनेस्कोले काठमाडौँमा आयोजना गरेको साउथ एसिया रिजनल कन्फिरेन्समा एआईको प्रयोगले असर नभई राम्रो गर्ने धारणा राखेका हुन् ।  ‘रिपोर्टिङ इन द ब्रेभ न्यु वर्ल्ड : द इम्पेक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्सी अन द प्रेस एन्ड मिडिया’ विषय सम्मेलनमा बोल्ने वक्ताहरूले यस्तो खालको धारणा राखेका हुन् । 

कार्यक्रममा इन्टरफेस नेपाल एन्ड प्रोड्युसर तथा टथ टकका सञ्चालक दिलभुषण पाठकले न्युज रूपमा एआईको प्रयोगले राम्रो काम गर्ने बताए । सानो सानो गल्ती भए पनि यसको प्रयोगले पत्रकार तथा न्युज रुमलाइ राम्रो गर्ने बताएका हुन् । 

त्यस्तै खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले डेटा जर्नालिज्मले पत्रकारितालाई थप मजबुत बनाउने काम गरिरहेको बताए । एआईको प्रयोग जतिको प्रयोग गर्नुपर्ने थियो, त्यो नभएको उनको भनाइ छ ।

एआईको प्रयोगले पत्रकारले लेख्ने समाचारमा एआईले समस्या ननित्याउने उनको भनाइ छ ।  एआईको प्रयोग चुनौतीपूर्ण भए पनि यसले पत्रकारिता पेशा नै विस्थापित गराउने भन्नेमा चिन्ता लिन नहुने उनको बुझाई छ । 

भारतका सिनियर पत्रकार पङ्कज पचौरीले भारतमा धेरै प्रिन्ट मिडियाहरूले एआईको माध्यमबाट फोटोको प्रयोग गर्न थालेको बताए । धेरै टेलिभिजनले समेत एआई एक्टरको समेत विकास गरेर अगाडि बढिसकेको बताए । उनीहरूले आम जनमानसको मन जित्न सफल भएको समेत बताए ।

495021667_1532618774729482_7243684253574003248_n

प्रधानमन्त्रीको भाषण समेत एआईको माध्यमबाट समेत ट्रान्सलेट गर्ने गरेको उनले बताए । भारतमा एक हजारभन्दा बढी भाषा बोल्ने गरेको बताउँदै प्रधानमन्त्रीको भाषण समेत फरक फरक भाषामा एआईको माध्यमबाट ट्रान्सलेट हुने गरेको बताए । 

भारतको जम्मा जनसङ्ख्यामा ६२ प्रतिशत जनसङ्ख्याले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको बताए । श्रीलङ्काका वरिष्ठ पत्रकार नलका गुनवार्डेनीले श्रीलङ्काको मिडियाको न्युज रुम एआई ग्रहण चरणमा रहेको बताए ।

केही डिजिटल मिडियाले एआईको सुरुवात गरेको बताउँदै उनले प्रिन्ट मिडियाहरूले समेत प्रयास गरिरहेको बताए । श्रीलङ्काका केही मिडियाले एआईको प्रयोग गरिरहेको, केहीले प्रयास गरिरहेको र केहीलाई विश्वास नरहेको बताए । 

डिजिटल राईटस् नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले नेपालले चाँडै नै प्रविधि स्वीकार गर्ने गरेको बताए । मिडियाले एआईको प्रयोग गर्ने गरेको तर, यसलाई अस्वीकार गर्न समेत नसक्ने बताए । नेपालमा एआईलाई चाँडै स्वीकार गरेको तर, यो क्षेत्रमा भने लगानी गर्न नसकेको बताए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मिडियामा हुने महिला पत्रकारमाथिको हिंसा समेत न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहेको बताइन । तर पनि महिला पत्रकारहरूमाथि हुने हिंसाका घटना बढ्दो क्रममा रहेको उनले बताइन् । 

प्रेस स्वतन्त्रता र पत्रकारमाथिको हमलाका घटना समेत बढ्दो क्रममा रहेको उनले बताइन । एक वर्षमा ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिखेल भएको बताउँदै उनले पछिल्लो समय प्रेस स्वतन्त्रका घटनाहरू एकदमै बढेको बताइन् । 

अहिले नयाँ मिडियाले पारेको प्रभावले यस्ता खालका घटना बढेको हुनसक्ने बताउँदै त्यसतर्फ मनिटरिङ हुन नसकेको उनले बताइन् । एआई लगायतले पारेको प्रभावले मिडियामाथि अविश्वास पारेको समेत उनको भनाई थियो । सामाजिक सञ्जालको प्रयोगका कारण मिडिया माथिको अविश्वसनीयता बढिरहेको उनको अनुमान छ । 

दक्षिण एसिया क्षेत्रीय सम्मेलनमा दक्षिण एसिया क्षेत्रभरिका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो । सम्मेलनले मिडिया परिदृश्य, प्रेस स्वतन्त्रता र यस क्षेत्रमा पत्रकारिताको विकसित भूमिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गहिरो प्रभावको अन्वेषण र छलफल गरिएको थियो ।

सम्मेलनमा नेपाल, भुटान, भारत, श्रीलङ्का, बङ्गलादेश र मालदिभ्सका पत्रकार, सम्पादक, नीति निर्माता, शिक्षाविद् र डिजिटल अधिकार अधिवक्ताहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप