आज शिक्षा समिति बैठक बस्दै
सोमबार, २२ वैशाख २०८२, ०९ : १०
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।
बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ।
दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।
शिक्षा समिति सचिव दशरथ धमलाले दफावार छलफल सकिएको र प्रतिवेदन लेखनका लागि समय माग गर्ने निर्णय भएको बताए । प्रतिवेदन लेखन सकेपछि उपसमितिमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि उपसमिति पारित गरेपछि शिक्षा समितिमा पेस गरिने सचिव धमलाले बताए । त्यसका लागि करिब १० दिनको समय माग गरिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण