पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै
काठमाडौँ । यतिबेला भारत र पाकिस्तानबिचको तनाव चरम सीमामा छ । अप्रिल २२ मा पहलगाममा २६ जनाको हत्या भएपछि दुवै देशबीच हरेक सम्बन्ध तिक्त बनेको हो । दुवै देशले एक अर्काको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।
यस्तो विश्वका प्रमुख विमान सेवा प्रदायक कम्पनीहरूले पनि सकेसम्म पाकिस्तानी आकाश भएर यात्रा गरिरहेका छैनन् । एयर फ्रान्सले थप सूचना जारी नहुँदासम्मका लागि पाकिस्तानी आकाश भएर विमान उडानमा रोक लगाएको छ । पाकिस्तान र भारतबिच हालै चुलिएको तनावलाई कम्पनीले कारणको रूपमा देखाएको छ । जर्मनीको ध्वजावाहक विमान सेवा कम्पनी लुफ्थान्साले पनि थप सूचना नआउँदासम्मका लागि पाकिस्तानी हवाई क्षेत्र छलेको बताएको छ । पहलगाममा भएको आतंकवादी हमलाको दोष भारतले पाकिस्तानलाई दिएको छ ।
पाकिस्तानले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको भनिरहेको छ । पाकिस्तानी आकाश भएर यात्रा नगर्ने निर्णयका कारण कम्पनीहरूको इन्धन खर्च बढ्नेछ ।
यसअघि नै कम्पनीहरूले मध्य पूर्व र युक्रेन रुसको फ्रन्ट लाइन माथिको आकाशबाट पनि यात्रा सकेसम्म टारिरहेका थिए । पाकिस्तानी आकाश छलेर यात्रा गर्ने अन्य कम्पनीमा ब्रिटिस एयरवेज, स्वीस इन्टरनेशनल एयरलाइन्स र इमिरेट्स आदि पनि भएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण