आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताए । आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने उल्लेख गर्दै उनले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने बताए ।
नयाँ शक्तिका अध्यक्ष डा. भट्टराईले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्त्व र गरीमा बुझाउनुपर्ने धारणा राखे । उनले नेपालभन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्न सक्ने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयता जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
-
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण