सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी

काठमाडौँ । अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी रहेको छ ।
महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्व २२ करोड राजश्व असुल गर्न बाँकी देखिएको उल्लेख गरेको छ ।
सो मध्ये राजस्व बक्यौता २ खर्ब ५४ अर्ब ४ करोड रहेकोमा १ खर्व २३ अर्ब ८० करोड (४८.७३ प्रतिशत) को सम्बन्धमा करदाताहरू न्यायिक पुनरावलोकनमा गएको देखिँदा बक्यौताको ठूलो हिस्सा न्यायिक निकायमा विचाराधीन रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा व्याज १ खर्ब ८१ अर्व १८ करोड रहेको छ ।
भाखा नाघेको ऋणको सावाँ र व्याजमध्ये नेपाल विद्युत प्राधिकरणको १ खर्व २४ अर्व ४ करोड (६८.४७ प्रतिशत) रहेको छ । यस्तै, हाल सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख सावाँ तथा ५ संस्थानको २४ करोड ६४ लाख व्याजको भाखा नाघेको छ ।
यसैगरी १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा सावाँ १ अर्ब १८ करोड ३० लाख र व्याज १ अर्ब ७७ करोड ३८ लाखको भाखा नाघेको छ ।
भाखा नाघेको सावाँ र व्याज रकम तथा राजस्व बक्यौता लगायतका रकमहरू कानुनी प्रक्रियाबमोजिम असुल गर्नु पर्ने महालेखाले औल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्