बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?

बुधबार, ३१ वैशाख २०८२, १९ : १०
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । नयाँ शहर निर्माण तथा विकास आयोजनामा करिब ८ अर्ब ३० करोड बराबर खर्च भएको छ । महालेखा परिक्षककाे ६२ औँ प्रतिवेदनमा ८ अर्ब २९ करोड ९० लाख खर्च भएको देखिएकाे हाे ।

महालेखाकाअनुसार नयाँ शहर निर्माणका लागि हालसम्म १० स्थानमा ४ हजार ७७७ रोपनी जग्गाको मात्र जग्गा विकास कार्यक्रम गरिएको छभने १८९ रोपनी क्षेत्रफल जग्गा खरिद गरिएको छ । 

हालसम्म ५८९ किलोमिटर सडक स्तरोन्नति भएको छ । साथै ३४ किलोमिटर सडक कालोपत्रे, ५१ किलोमिटर सडक ढलान भएको छ । यी कार्यमा आर्थिक वर्ष २०८०/८१ सम्म १० कार्यालयबाट ८ अर्ब २९ करोड ९० लाख रुपैयाँ खर्च भएको हो ।

‘सुरुमा घोषणा भएका नयाँ शहरहरू सम्पन्न नहुँदै नयाँ आयोजना थप भएका कारण वर्षोंसम्म आयोजनाहरूको कार्य अधुरो रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ,‘निर्धारित समयमा आयोजना सम्पन्न हुने गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ ।’

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र उत्तर–दक्षिण करिडोर मार्गको मिलन विन्दु आसपासमा पर्ने प्रमुख १० स्थानमा २०८६/८७ सम्म अत्याधुनिक सेवा सुविधा र पूर्वाधारयुक्त शहरहरू निर्माण र विकास गर्ने उद्देश्यले २०६७/६८ देखि रुपान्तरणकारी आयोजनाको रूपमा नयाँ शहर आयोजनाको कार्य सुरु भएको थियो ।

साथै मध्यपहाडी लोकमार्गमा अवस्थित १० नयाँ शहर, हुलाकी लोकमार्गमा अवस्थित १० र तराई मधेशमा अवस्थित ५ समेत १५ नयाँ शहरको एकीकृत विकास योजना, १३ स्मार्ट सिटीको गुरुयोजनाअनुरूप हिमाली पदमार्गमा अवस्थित बस्तीहरूमध्ये १० बस्तीको स्वरूप संरक्षण तथा प्रवर्धन योजनासमेत ५२ नयाँ शहर र बस्तीका लागि रु.११ खर्ब ७८ अर्ब ६८ करोड खर्च लाग्ने अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप