शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

शुक्रबार, ०२ जेठ २०८२, ०७ : ०१
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
  • कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
  • दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  भएका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप