तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
काठमाडौँ । प्रायःजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनले जाम छल्न यो सडक रोज्न थालेका छन् ।
नागढुंगा-नौबिसे सडकमा खाल्डाखुल्डी छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।
यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरूलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौँ नै पुग्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य भएको छ ।
यो सडकबाट देखिने मनमोहक तरकारी फाँट र इँटा भट्टाले पनि यात्रुलाई लोभ्याउने गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने प्रायजसो यसको मजा लिइरहेका देख्न सकिन्छ ।
धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा-नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्ण रूपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_1vQxfZA5rx.jpg)
_OFPFULaKOs.jpg)
_TYDCqaRetc.jpg)
_mVTRBcD75R.jpg)
_loIeBpXd8D.jpg)
_jfLFodUOz4.jpg)
_mZWzVrvS2p.jpg)
_Nr6btfOi8m.jpg)
_Ukd8aRGmom.jpg)
_24zjKpsXo5.jpg)
_ngzYliLP7D.jpg)
_kQWHCXTsZK.jpg)
_ouXEpyCCd1.jpg)
_pDVlPSuntB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण