कामै नगरी बस्ने अनुसन्धान केन्द्रका लेक्चररलाई त्रिविले सोध्यो स्पष्टीकरण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेको छ । त्रिवि रेक्टरको कार्यालयले ६ जना लेक्चरलाई स्पष्टीकरण सोधेकोमा एक जनाले जबाफ पेस गरेका छन् । बाँकीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
रातोपाटीमा ‘त्रिवि अनुसन्धान केन्द्रका लेक्चरर कामविना तलब पचाउँदै’ शीर्षकमा समाचार प्रकाशित गरिएको थियो । समाचारपछि रेक्टर कार्यालयबाट अनुगमन हुँदा कार्यालयमा नभेटिएपछि सात दिने स्पष्टीकरण सोधिएको हो ।
समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालय, हेलो सरकार लगायतका निकायमा उनीहरू विरुद्धमा उजुरी परेको थियो । सोही आधारमा शिक्षा मन्त्रालयले त्रिविलाई पत्राचार गरेको थियो ।
रेक्टर कार्यालयले लेक्चरर डाक्टर पवन कुमार झा, फिजिक्सका लेक्चरर मनोज कुमार मिश्र, बोटनीका लेक्चरर इन्दु बानिया, इन्जिनियरिङका लेक्चरर राजीव ठाकुर, सोसोलोजीका लेक्चरर रतन मिश्र र इन्जिनियरिङका इन्स्ट्रक्चर रमेश श्रेष्ठलाई स्पष्टीकरण सोधेको हो ।
‘जागिर खाएदेखि के–के रिसर्चको काम गर्नुभयो, त्यो प्रमाणित गरेर बुझाउनु भनेको छ,’ रेक्टर कार्यालय स्रोतले भन्यो ।
रातोपाटीको खोजका क्रममा उनीहरू बिहान हाजिर गर्न आउने, दिनभर बाहिर आफ्नो व्यक्तिगत काममा जाने र बेलुका पुनः हाजिर गर्न आउने गरेको पाइएको थियो ।
यो विषयमा त्रिवि कार्यकारी परिषदमा समेत कुरा उठेको थियो, तर केन्द्रकी प्रमुखले यो विषयको व्यवस्थापन गरिदिन अनुरोध गरेकी थिइन् ।
काम नगरी तलब खान्थे
त्रिविमा खोज अनुसन्धानका लागि चार वटा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) छन् । खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने ती केन्द्र नाममा सीमित देखिन्छन् । अनुसन्धान केन्द्रहरू अनुसन्धानको क्षेत्रमा प्रभावकारी हुन नसकेपछि २०८१ को मंसिर २७ गते बसेको त्रिवि साधारण सभामा छलफलसमेत भएको थियो । अनुसन्धान केन्द्रहरूलाई गाभ्ने प्रस्ताव पेस गरिए पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल आवश्यक रहेको बताउँदै उक्त विषय तत्काल ‘होल्ड’ गरेका थिए ।
उनीहरू बिहान आएर हाजिर गएर दिनभर आफ्नो व्यक्तिगत काममा जाने गरेका थिए । कोही त कार्यालयमा कयौँ दिन नआए पनि हाजिर मिलाएर जाने गर्दथे । कामै नगरी हाजिरको भरमा तलब खाने गरेको पाइएपछि रिकास्टले ई–हाजिरीको व्यवस्था गरेको थियो ।
अनुसन्धान केन्द्रहरू तलब–भत्ता खाने र दिनभर घाम तापेर बस्ने थलोको रूपमा परिणत हुन थालेको विषयमा विद्यार्थी तथा त्रिविका कर्मचारीहरूबाट बारम्बार गुनासो आउने गरेको थियो । सोही गुनासोको आधारमा रातोपाटीको टिमले एक सातासम्म रिकास्टलाई निगरानीमा राखेको थियो ।
त्यही क्रममा केही लेक्चरर बिहान अफिस आउने अनि हाजिर गरेर जाने गरेको पाइएको थियो । १३ जना रिसर्च लेक्चरर रहेको रिकास्टमा ६ जना त वर्षौंदेखि एउटै रिसर्च नगरी बसीबसी तलब पचाउने गरेको पाइएको थियो ।
उनीहरू बिहान आएर हाजिर गएर दिनभर आफ्नो व्यक्तिगत काममा जाने गरेका थिए । कोही त कार्यालयमा कयौँ दिन नआए पनि हाजिर मिलाएर जाने गर्दथे । कामै नगरी हाजिरको भरमा तलब खाने गरेको पाइएपछि रिकास्टले ई–हाजिरीको व्यवस्था गरेको थियो । यसका बाबजुद उनीहरू हाजिरका लागिमात्र कार्यालयमा आउने गरेको पाइएको हो ।
रातोपाटीकर्मी रिकास्ट कार्यालय पुग्दा माथि उल्लेख गरिएका कुनै पनि लेक्चरर कार्यालयमा उपस्थित थिएनन् । यद्यपि उनीहरूको हाजिरी भने देखिएको थियो ।
उनीहरूको रेकर्ड फाइलमा भने कुनै पनि रिसर्च आर्टिकल प्रकाशित गरेको देखिँदैन । अमृत साइन्स क्याम्पसबाट रिकास्टमा पुगेका लेक्चर पवन कुमार झाले ६/७ वटा पब्लिकेशन गरेको दाबी गरे पनि रिसर्चगेट तथा स्कोलर गुगलमा उनको पब्लिकेशन भेटिएन । ‘म अस्कलबाट रिकास्ट गएको २/३ वर्ष भयो । यो अवधिमा ६/७ वटा पब्लिकेशन गरेको छु । रिसर्च गेटतिर भेटिन्छन्,’ उनले रातोपाटीसँगको कुराकानीमा भनेका थिए ।
त्यस्तै अर्का लेक्चरर मनोज कुमार मिश्र विगत ५ वर्षदेखि बिदामा बसेका छन् । उनले पीएचडी अध्ययनका लागि बिदा लिएको बताए । उनका विरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो, जसले गर्दा उनी लामो समयदेखि रिकास्टमा हाजिर भएका छैनन् । अख्तियारमा मुद्दा परेकै समयमा उनले पीएचडी अध्ययन थालेका थिए । उनले रिकास्टबाट अध्ययन बिदा लिएको एक अधिकारीले बताए ।
त्यस्तै इन्दु बानिया बोटनीको लेक्चरर हुन् । उनको हालसम्म कति वटा रिसर्च प्रकाशन भएको छ भन्ने विवरण न रिकास्टसँग छ, न त अनलाइनमा भेटिन्छ ।
बानियाले हाल विश्वविद्यालय अनुदान आयोगको तर्फबाट दुई वटा अनुसन्धानमा अनुसन्धान गरिरहेको बताइन् । उनले हालसम्म कति वटा अनुसन्धान तथा रिसर्च पेपरहरू तयार भयो भन्ने जानकारी नभएको बताइन् ।
कामै नगरी तलब खादै आएका ती लेक्चररहरूको सरुवा गर्नुपर्ने आवाज उठिरहेको छ । अन्य क्याम्पसहरूमा लेक्चररहरूको अभाव भइरहेका बेला रिकास्टमा कामै नगरी बस्ने लेक्चररहरूको भने सरुवा गर्नुपर्ने आवाज उठिरहेको छ । त्रिविले समेत उनीहरूको सरुवाको तयारी गरेको छ ।
आफूले २०५४/०५५ सालदेखि रिकास्टमा काम गर्दै आएको बताउने बानियाले कति वटा अनुसन्धान तथा रिसर्च पेपर सार्वजनिक गरेको भन्ने विषयमा अनभिज्ञता प्रकट गरिन् ।
इन्जिनियरिङका लेक्चरर राजीव ठाकुरको समेत कुनै प्रकारको प्रकाशन भेटिँदैन । आफूले विभिन्न विषयमा अनुसन्धान गरेको बताएका उनी थप विषय पछि जानकारी दिने भनेर पन्छिए ।
त्यस्तै अर्का लेक्चर रतन मिश्राको समेत कुनै प्रकारका रिसर्च पेपर तथा प्रकाशन प्रकाशित भएका छैनन् । तर, उनले विभिन्न समयमा विभिन्न प्रकारका रिसर्च गर्दै आएको बताए ।
कामै नगरी तलब खादै आएका ती लेक्चररहरूको सरुवा गर्नुपर्ने आवाज उठिरहेको छ । अन्य क्याम्पसहरूमा लेक्चररहरूको अभाव भइरहेका बेला रिकास्टमा कामै नगरी बस्ने लेक्चररहरूको भने सरुवा गर्नुपर्ने आवाज उठिरहेको छ । त्रिविले समेत उनीहरूको सरुवाको तयारी गरेको छ ।
त्रिविले उनीहरूको स्पष्टीकरणको कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
-
राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च