बैतडीमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
सारांश
- बैतडीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको भीरबाट लडेर र अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो।
- दशरथचन्द नगरपालिका-६ टाककी ७० वर्षीया धनपती नाथको भीरबाट लडेर र सुर्नया गाउँपालिका-५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
- प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
बैतडी । बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको भीरबाट लडेर मृत्यु भएको होभने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ क १८१३ नम्बरको मिनी टाटाले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते हुनुभएका उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण