धर्मेन्द्रले ल्याए एकसाथ चार कृति
सारांश
- लेखक धर्मेन्द्र नेम्वाङले काठमाडौंमा एकैसाथ ४ कृति सार्वजनिक गरे।
- कृतिहरूमा 'कृष्णविक्रम नेम्वाङले हिँडेको क्रान्तिको बाटो', 'पिता पुर्खाको कथा', 'कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि' र 'बीपी विचारधारा र हरियो समाजवाद' समावेश छन्।
- कांग्रेसका नेताहरूले उक्त कृतिहरूको विमोचन गरे, र आचार्य, घिमिरे, लिङ्देन र तिवारीले समीक्षा प्रस्तुत गरे।
काठमाडौँ । लेखक धर्मेन्द्र नेम्वाङले एकसाथ ४ कृति बजारमा ल्याएका छन् । जसमा ‘कृष्णविक्रम नेम्वाङले हिँडेको क्रान्तिको बाटो’, ‘पिता पुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौँमा विमोचन गरेका हुन् । आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए ।
साहित्यकार डा.विष्णुविभु घिमिरे, प्रा.डा.कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए । कृतिकार नेम्वाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’ देखि नै छाडे पनि यस पटक सन्जोग परेको बताए । ‘मैले यो चाहेर भएको होइन । चार वटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने ।
यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पिता पुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण