फोटो फिचर
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
सोमबार, १९ जेठ २०८२, १९ : ०१

काठमाडौँ । यातायात व्यवसायीको बन्द आह्वानका बाबजुद काठमाडौँमा सार्वजनिक सवारी साधन चल्न थालेको छ । दिनभर न्यून रूपमा चलिरहेको सवारी साधन साँझपख बाक्लिएको हो ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता गरे पनि सहमति भइसकेको छैन । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गर्नुपर्ने माग गर्दै आएका छन् ।
१५ वर्षभन्दा पुरानो सवारी निजी साधनलाई पनि राइड सेयरिङका लागि अनुमति दिने विषयमा उनीहरूको मुख्य असहमति छ ।