‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक, के छ फिल्ममा ?

काठमाडौंँ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टर बाहिर ल्याएको छ ।
आशान्त शर्मा निर्देशित फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं आशान्त शर्माको पनि अभिनय छ ।
फिल्मको पोस्टरमा पात्रहरूको मनोदशा हेर्दा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरूको आशामुखीचाहिँ पक्कै हो भन्ने भान हुन्छ ।
निर्देशक शर्माका अनुसार सहरकेन्द्रित निम्नमध्यमवर्गीय परिवारमध्ये उमेरको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणाका कारण गलत निर्णय लिन पुगेको अवस्थामा उसका मित्रहरूले कसरी प्रत्याशा अनि सही मार्ग देखाउँछन् र जीवनलाई बुझेर ऊ कसरी सफल हुन सक्छ भन्ने कुरा नै फिल्ममा देख्न पाइने छ ।
भदौ ६ गतेबाट देशभरि प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन् भने सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव