‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक, के छ फिल्ममा ?
काठमाडौंँ । वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले फिल्मको एक पोस्टर बाहिर ल्याएको छ ।
आशान्त शर्मा निर्देशित फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल र स्वयं आशान्त शर्माको पनि अभिनय छ ।
फिल्मको पोस्टरमा पात्रहरूको मनोदशा हेर्दा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरूको आशामुखीचाहिँ पक्कै हो भन्ने भान हुन्छ ।
निर्देशक शर्माका अनुसार सहरकेन्द्रित निम्नमध्यमवर्गीय परिवारमध्ये उमेरको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणाका कारण गलत निर्णय लिन पुगेको अवस्थामा उसका मित्रहरूले कसरी प्रत्याशा अनि सही मार्ग देखाउँछन् र जीवनलाई बुझेर ऊ कसरी सफल हुन सक्छ भन्ने कुरा नै फिल्ममा देख्न पाइने छ ।
भदौ ६ गतेबाट देशभरि प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन् भने सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण