स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
स्याङ्जा । स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन विरुद्ध आवाज उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि आक्रमण भएको छ।
प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोपबाट सुरक्षा गर्न माग राख्दै स्थानीय स्तरमा भइरहेको अभियानलाई बलपूर्वक रोक्न खोज्दा वालिङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको आरोप लागेको छ।
आक्रमणमा रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएका छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेका छन् । साथै दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
आक्रमणबाट दिनकर नेपालको हेलमेट फुटेको छ भने दाहिने हातमा गम्भीर चोट लागेर फ्याक्चर भएको छ। उनलाई सिटि स्क्यान र थप उपचारका लागि पोखरा अस्पताल लगिएको छ। मेघ आले पनि गम्भीर घाइते भएका छन्।
देशमा लुटतन्त्र अन्त्यको अभियानलाई दबाउन नियोजित रूपमा यस्तो आपराधिक हमला भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । “हामी सुशासन र लुटतन्त्रविरुद्धको अभियानबाट विचलित हुने छैनौं। यस्तो घटनाले झन सशक्त ऊर्जा थप्नेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले घाइतेहरूको उपचारका लागि आवश्यक सम्पूर्ण पहल र जिम्मेवारी लिने जनाएको छ। घटनासम्बन्धी थप विवरण आउँदैछ भने स्थानीय प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण