आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

समाचार नहटाई तीन दिनभित्र उपस्थित हुन 'दृष्टि न्युज' का ३ जनालाई विशेषको आदेश

मङ्गलबार, १० असार २०८२, १६ : ५१
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा विशेष अदालतले  'दृष्टि न्युज' अनलाइनका संवाददातासहित ३ जनालाई बयानमा बोलाएको छ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले दृष्टि न्युजका अध्यक्ष शम्भुलाल श्रेष्ठ, कार्यकारी सम्पादक एमपी सुब्बा र सम्बन्धित संवाददातालाई म्याद थमथमाउन नपाउनेगरी अनिवार्य तीन दिनभित्र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको हो । 

दृष्टि न्युजमा गत असार ८ गते 'विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ' शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 

प्रमाणसहित बयानमा उपस्थित हुन आदेशमा भनिएको छ । त्यतिन्जेलसम्म उक्त समाचार नहटाउन, परिवर्तन र परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप