दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।
पश्चिम राप्ती र बबई नदी जलाधारका सहायक स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
त्यस्तै बाँके जिल्लास्थित भगवनपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । यसका कारण डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
यता, पछिल्लो ३ घण्टामा गुल्मी जिल्ला स्थित भर्से वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्का देखि मध्यम वर्षामापन भएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै विभाग सतर्कता अपनाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण