मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

शुक्रबार, २० असार २०८२, १० : ५१
शुक्रबार, २० असार २०८२

सारांश

  • इटहरीमा नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा 'पृतनापति ट्रफी २०८२' सुरु भएको छ।
  • प्रतियोगितामा विभिन्न खेलकुद विधामा सेनाका गण, गुल्म र एकाइहरूबीच प्रतिस्पर्धा हुनेछ।
  • खेलकुद विभागले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याएको जानकारहरूको भनाइ छ।

इटहरी । नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ ।  प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन  हुनेछ । 

नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप