सत्यकलाको तीज गीत ‘जसले जे सोच्छ त्यस्तै म’ सार्वजनिक
सोमबार, २३ असार २०८२, १५ : ४३
काठमाडौँ । गायिका सत्यकला राईको स्वर रहेको तीज गीत ‘जसले जे सोच्छ त्यस्तै म’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा अरूले आफ्नो बारेमा जे सोचे पनि फरक नपर्ने कुरा व्यक्त गरिएको छ ।
ओएसआर डिजिटल च्यानलबाट सोमबार सार्वजनिक गीतमा शब्द, संगीत बाबुल गिरीको रहेको छ । गीतको भिडियोमा आश्मा विश्वकर्मा, अञ्जना खतिवडा, नितु पौडेल लगायतको अभिनय रहेको छ । गीतको भिडियो कोरियोग्राफरी तथा निर्देशन कविराज गहतराजले गरेका हुन् ।
भिडियोमा सौरभ लामाको छायाङ्कन र बन्दे प्रसादको सम्पादन छ । तिजलाई भड्किलो गीतहरू सार्वजनिक भएको समय गायिका राईले भने एकदमै राम्रो र मौलिक शैलीको गीत बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण