वर्षा
सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम
आइतबार, २९ असार २०८२, २३ : २८
सारांश
- सङ्खुवासभाको नुममा भारी वर्षा मापन भएको मौसम विज्ञान विभागले जनाएको छ।
- लगातारको वर्षाले खोलामा आकस्मिक बहाव बढ्ने र पहिरो जाने जोखिम रहेको छ।
- विभागले स्थानीयलाई सतर्कता अपनाउन र जोखिमबाट बच्न आग्रह गरेको छ।
काठमाडौँ। सङ्खुवासभा जिल्लाको नुम वर्षा मापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागले आइतबार राति १०ः २० बजे एक सूचना जारी गर्दै लगातारको वर्षाका कारण सो क्षेत्र भएर बग्ने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो खस्ने जोखिम उच्च रहेको जनाएको हो ।
विभागले स्थानीय बासिन्दा, यात्री र सरोकारवाला निकायहरूलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण