शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सातदोबाटो–कलंकी खण्डमा निर्माणाधीन पुलको काम सुस्त गतिमा (तस्बिरहरू)

मङ्गलबार, ३१ असार २०८२, १४ : १५
मङ्गलबार, ३१ असार २०८२

काठमाडौँ । सातदोबाटो–कलंकी खण्डमा निर्माणाधीन पुलको काम सुस्त गतिमा भइरहेको छ । भित्री चक्रपथ अन्तर्गतको सातदोबाटो–कलंकी खण्डमा निर्माणाधीन पुलको काम निकै सुस्त गतिमा भइरहेको हो । 

करिब ७ किलोमिटर लामो यो सडकखण्ड निर्माण सम्पन्न गरेर चीन सरकारले हस्तान्तरण गर्दा यो सडकखण्डमा आकाशे पुल थिएन । पैदलयात्रीलाई बाटो काट्नको लागि पनि अप्ठेरो हुने र असुरक्षित हुने भएपछि पुल निर्माणको कार्य सुरु भएको थियो । 

तर, लामो समयसम्म पनि यसले गति लिन सकेको छैन । महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खुमा निर्माणाधीन पुल निर्माणले गति पाउन सकेको छैन । एकान्तकुनामा लिफ्ट प्रयोग गर्ने भनिएको भएपनि काम अघि बढ्न सकेको छैन । अन्य ३ स्थानमा पनि पिलर मात्रै ठड्याएर छोडिएको छ ।

यसले गर्दा पैदलयात्रीलाई पनि असहज बनाएको छ नै निर्माणको लागि सडक खन्दा सवारी आवागमनमा पनि समस्या भएको छ ।

01-IMG_968002-IMG_951903-IMG-20250715-WA000304-IMG-20250715-WA001405-IMG-20250715-WA001506-IMG-20250715-WA002007-IMG-20250715-WA002208-IMG-20250715-WA002609-IMG-20250715-WA002810-IMG-20250715-WA002911-IMG-20250715-WA003012-IMG-20250715-WA0031

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप